• १३ कार्तिक २०७७, बिहीबार
सात प्रदेशका यी ७ जिल्लामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय
  • स्टुडियाे संवाददाता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २४ गते मतदानको कार्यतालिका रहेको छ।

आयोगले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले जानकारी दिए। उनका अनुसार प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम कार्यालय स्थापना गरिएको हो।

प्रदेश नम्बर १ को मोरङ, प्रदेश नम्बर २ को धनुषा, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्की, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

आयोगले न्याय परिषद्को सचिवालयको सहयोगमा सात जना जिल्ला न्यायाधीशलाई यसअघि नै २७ गतेदेखि कार्याकाल सुरु हुनेगरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिसकेको छ।

  • २९ पुष २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech