• ९ कार्तिक २०७७, आईतवार
देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
  • स्टुडियाे संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ४१ दिनपछि निर्वाचनको समीक्षा गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको विषयमा समीक्षा गर्न र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको छ’, ’प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री निवास बालुवाटारमा हुने सो बैठक केही दिनसम्म चल्नसक्छ।’

पार्टी नेता रामचन्द्र पौडेलसहित सात केन्द्रीय सदस्यले समेत निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका थिए।

सात युवा केन्द्रीय सदस्यले बैठक बोलाउन माग गरिएको सार्वजनिक आह्‍वानमा एक साताअघि पार्टी प्रवक्तामा नियुक्त भएका शर्माले समेत हस्ताक्षर गरेका थिए। पार्टी प्रवक्ता भएपछि शर्माले चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाउने बताएका थिए।

  • २ माघ २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech