नेपाल ईन्जिनियर्स एशोसिएसनको सदस्यताका लागि अव online बाटै फर्म भर्न तथा सुल्क तिर्न सकिने व्यवास्था गरिएको छ ।
राज्यका थुप्रै निकायहरु Online प्रबिधिमा गई सक्दा प्रबिधिका संवाहक ईन्जिनियरहरुकै छाता संगठनको सदस्य बन्ने प्रकृया भने झन्झटिलो र अव्यवहारिक रहेको थियो । अब भने नेपाल भरि जुनसुकै ठाँउबाट http://www.neanepal.org.np लिंक प्रयोग गरि फर्म भर्न सकिने ईन्जिनियर्स एशोसिएसनका उपमहासचिव रवि भुषण झाले समाजिक संजाल मार्फत जनाकारी गराउनु भएको छ ।
साथै सदस्यताका लागि आवश्यक शुल्क समेत Esewa मार्फत वा Nepal Investment Bank मा खाता नंं. 00405010035597 मा जम्म गरि भौचर स्क्यान गरि पठाउन सकिन्छ ।
तर पुराना सदस्यता लिगि सकेकोहरुको नविकरणका लागि भने तत्काल त्यस्तो व्यावस्था नभई सकेको र अव छिट्टै त्यस्तो व्यवस्था गरिने सदस्य सरोज धितालले जानकारी गराउनु भएको छ ।