गजल १
भुल्छु भनेर पहिलो प्यार कस्ले भुल्न सक्छ
दिलको दिल्दार दिलको संसार कस्ले भुल्न सक्छ
बद्लिन्छ चाल बतासले बहकाउने मन् ईश्वरको
जुनबाट शृङ्गार साभार मुहार कस्ले भुल्न सक्छ
मैंले आफ्नो भनेदेखि उस्को आफ्नो जुनलाइ
बादल गर्छ मलाइ प्रहार कस्ले भुल्न सक्छ
गजल २
मुठ्ठी खोले हराउछ बन्द गरे पनि हराउछ
जिन्दगीलाइ नि बरफले जिन्दगी नै सिकाउछ
खेलको अन्त्यमा सबैलाइ थाहा हुनेनै भयो
तर जित्नेलाइ सुरुवाती कदमले चिनाउछ
नदिले किनारालाइ कहिल्यै छोडेको हुदैन
त्यही प्रेम गर्ने उस्को तरिका सबैलाइ बताउछ
भमराले फुललाइ आखामा राखेर हिडेको छ
फुललाइ उस्ले उस्लाइ फुलबाट कस्ले बचाउछ
साझहरु कसैको याद लिएर आउछन जान्छन
जस्लाइ भुलेकै छैन उस्को याद कसरी दिलाउछ?
गजल ३
न देखेको छ न भेटेको छ जस्लाइ दिलले मन पराएको छ
जब सम्झिन्छ उस्लाइ मुस्कुराउदै यो दुनिया भुलाएको छ
उनको मनको फोटो धुलाइ हेरे अन्धकार छायो आखा भरी
आखामा उनि दिलमा उनि तस्विरमा त्यो जुन उदाएको छ
मन्दिरको पत्थर बनेको छ बाटोमा नजर लगाउनलाइ
जुनदिन देखी उस्लाइ बनाएर धरतीमा पठाएको छ
आखामा नशा बोलिमा नशा अगंअगं नशा भरिएको छ
अरु पिउदिन म मलाइ उन्कै नशाले पागल बनाएको छ