• ६ कार्तिक २०७७, बिहीबार
घर बनाउँदै हुनुहुन्छ ? त्यसोभए प्रादेशिक महोत्सव जानुहोस
  • स्टुडियाे संवाददाता

के तपाई घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपालगन्जमा संचालन भईरहेको प्रादेशक महोत्सवमा अवश्य पुग्नुहोला । तपाईले चाहेजस्तै डिजाईनका आकर्षक घर निर्माणकालागी तपाईलाई सहयोग पुग्न सक्छ ।

हो, नेपालगन्जमा संचालन भईरहेको प्रादेशिक महोत्सवको स्टल नम्बर ३५ मा तपाईले आकर्षक तथा आधुनिक प्रविधियुक्त घर निर्माणकालागी आवश्यक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । नेपालमै पहिलोपटक घरका नमुनाहरुको आधारमा नक्सा तयार गरी घर निर्माणमा सहयोग पुर्याउने विधि प्रयोगमा ल्याएको मोडल मेकिङ सेन्टरका संचालक बि.आर. चौधरीले जानकारी दिए ।

आफुले नेपालमै पहिलोपटक घर निर्माणकालागी आवश्यक नक्सा तयार गरी परामर्श दिने सेवा सुरु गरेको भन्दै चौधरीले घर निर्माण गर्नुपरेमा सम्पर्क गर्न आग्रह समेत गरेका छन ।

  • १८ माघ २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech