• ४ कार्तिक २०७७, मंगलवार
महोत्सवमा साँस्कृतीक कार्यक्रमको रौनक, घाम-जाडो भन्दैनन् दर्शकहरु
  • स्टुडियाे संवाददाता

नेपालगञ्जमा बिस्तारै गर्मी बढ्न थालेको छ । चर्को घामसँगै नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा राष्ट्रिय कलाकारहरुले दैनिक प्रस्तुतीले यहाँको तापक्रममा थप बृद्धि भएको हो । यद्यपी गर्मी तथा जाडाेको प्रवाह नगरी जिल्लावासीहरुले महोत्सवमा उल्लेख्य सहभागीता जनाईरहेका छन ।

महोत्सवको नवौं दिन शुक्रबार पनि महोत्सव परिसर खचाखच भरिएको छ । चर्को गर्मीको प्रवाह नगरी महोत्सवमा सहभागी भएका दर्शकहरुलाई चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले पेट मिचिमिची हँसाएका थिए । स्टेज कमेडीमा पोख्त मानिएका पोखरेलले बाँकेवासीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । उनले समसामयीक विषयवस्तुमाथी चोटिलो प्रहार गर्दा दर्शकहरुले खुलेर हुटिङ गरेका थिए ।

त्यसैगरी लोकदोहोरी गायक कृष्ण रेउले तथा अनिता चलाउनेले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेकका थिए । कार्यक्रमकी संचालिका समेत रहेकी अनिता चलाउनेको उपस्थितीमा साँस्कृतक कार्यक्रम थप उल्लासमय भएको थियो । आधुनिक गायीका मेलिना राईले युवापुस्तालाई नचाएकी थिईन । साथै स्थानिय कलाकारहरुको प्रस्तुती हेर्न चाखलाग्दो थियो ।

यसैबिच महोत्सवमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको डान्स प्रतियोगिता संचालन गरिएको साँस्कृतीक समितिका संयोजक श्याम सुन्दर अधिकारीले बताए । प्रतियोगिताकै अबसरमा १ लाख नगद राशीको सामुहीक तथा एकल नृत्य प्रतियोगिता आयोजना गरीएको हो । महोत्सवमा यति ठुलो पुरस्कार राशीको नृत्य प्रतियोगिता आयोजना गरीएको यो पहिलो पटक हो ।

प्रतियोगितामा जिल्लाका बिभिन्न कलेजहरुमा अध्ययनरत १२ जना प्रतियोगिले सहभागीता जनाएका छन । नेपालगन्जस्थित राही मार्ट सप्लायर्सको मुख्य प्रयोजनमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने
छ ।

 

  • १९ माघ २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech