• १५ कार्तिक २०७७, शनिबार
महोत्सव वडाका अध्यक्षहरुले आपत्ती, मायाको चिनो लिन अस्विकार
  • स्टुडियाे संवाददाता

शुक्रबार देखी बाँकेकाे कोहलपुरमा सुरु भएको कोहलपुर उद्योग व्यापार तथा पर्यटन महोत्सवमा कोहलपुर नगरपालिकाका १५ वटै वडाका अध्यक्षहरुले आपत्ती जनाएका छन ।

आफूहरुलाई आसनग्रहणमा तथा अन्य कुरामा कोहलपुर उद्योग वाणिज्य संघले अपमान गरेको भन्दै आपत्ती जनाएका हुन । हामीलाई आसन्न ग्रहणमा भेदभाव गरियो नामै नभनि १५ वटै वडाका वडा अध्यक्ष भनियो । त्यसकारण हामीले मायाको चिनो पनि ल्याएनौ, कोहलपुर नगरपालिका १३ का वडा अध्यक्ष ओमप्रकाश वलीले भने ।

हामीलाई त भेडाबाख्रा जस्तो व्यवहार गरियो । यसमा हाम्रो आपत्ती छ । उनले भने यस्तै कोहलपुर कार्यपालिका सदस्य भिम बहादुर नेपालीले अन्य सामान्य व्यक्तिहरुको नाम भन्ने र स्थानीय सरकारका प्रमुखहरुको आसनग्रहणमा नाम नभन्नु अपमान भएको बताए । कार्यापालिका सदस्यहरुको त नाम भनिएन तर वडाअध्यक्षको नाम भन्नु पथ्र्यो उनले भने ।

कोहलपुर नगरपालिका ८ का वडाअध्यक्ष रेशम खत्रीले महोत्सवमा बोलाएर आसनग्रहण समेत नगराउनु उद्योग वाणिज्य संघले स्थानीय सरकारले उपहास गरेको बताए । उद्योग वाणिज्य संघ स्थानीय सरकारको एक खम्बा भएपनि स्थानीय सरकारसगं सहकार्य गर्न नचाहेको वडा अध्क्षहरुले आरोप लगाएका छन् ।

  • २६ माघ २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech