• ६ कार्तिक २०७७, बिहीबार
सूचनाको हकका क्षेत्रमा कार्य गरिरहेको संस्थाले सुचना माग गरेकै अाधारमा आफ्नै केन्द्रिय सदस्यलाई कार्वाही
  • स्टुडियाे संवाददाता

सूचनाको हक सम्बन्धि ऐन २०६४ को प्रयोग गरि सूचना माग गर्नुका साथै ध्यानाकर्षण गराउन स्थानीय तहका ७२ जिल्ला शाखाहरु स्थापना गरि सुशासन, सूचनाको हकका क्षेत्रमा कार्य गरिरहेको संस्थाले आफ्नै केन्द्रिय सदस्यलाई कार्वाही गरेको छ ।

बिगत १७ बर्ष देखि सामाजिक रुपान्तरणका सुशासन, सूचनाको हक, सामाजिक जवाफदेहिताका औजारहरुको क्षेत्र र संचारका क्षेत्र लगायतमा काम गर्दै आएको संस्था (बागेश्वरी अशल शासन क्लव – बास)ले समाज रुपान्तरण भन्दा सुशासन, सूचनाको हक, सामाजिक जवाफदेहिता औजारहरुलाई भजाई खाने हतियार सम्झी कार्य गरिरहेको देखिएकाे कार्वाहिमा परेका बामदेव पोख्रेल बताउँछन् ।

नेपालगंज उप–महानगरपालिका र युनिसेफ नेपालको सहकार्यमा यस नगर क्षेत्रमा बालश्रम न्यूनिकरण तथा बाल संरक्षण सम्बन्धी कार्यक्रमहरु स्थानीय गैर सरकारी संस्था मार्फत संचालन गर्ने भनि प्रस्तावना आह्वान प्रथम पटक मिति २०७४÷०७÷२० गते नेपालगंज उप–महानगरपालिकाले १५ दिने म्याद तोकि प्रकाशित सूचनाको आधारमा प्राप्त स्थानीय गैससहरुको प्राविधिक र आर्थिक प्रस्तावनाको अन्तिम छनौट प्रक्रियामा चित्त नबुझि बामदेव पोख्रेल लगायत अन्य ३ जनाले नेपालगंज उपमहानगरपालिकासँग संस्था छनौट प्रक्रियासँग सम्बन्धित सूचनाहरु मिति २०७४ पौष ६ माग गरेका थिए ।

सूचना मागसँगै उक्त निणर्य कानुन विपरित हुनुको साथै राजनितिक हस्तक्षपकारी छ भन्ने लागेर सो कुराको सत्य तथ्य छानविन गरियोस् भनि छानविनको अवधिभर छनौटमा परेका स्थानीय गैससहरु सँगको अन्य प्रक्रियाहरु अगि नबढाउनु भनि ध्यानाकर्षण गराएकाे पोख्रेल बताउँछन् । यहि कुरालाई लिएर किन सूचना माग र ध्यानाकर्षण गरेको भन्दै मिति २०७४ पौष २४ गते तपाईलाई किन कार्वाहि नगर्ने भन्दै चेतावनी पत्र भनि लिखित जवाफमाग गरिएको थियो ।

 

  • २६ माघ २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech