नेपाली चलचित्र ‘सेतो सूर्य’ अन्तर्राष्ट्रिय प्रेस एकेडेमी स्याटलाइट अवार्डको मनोनयनमा पर्न सफल भएको छ।
दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’ अन्तर्राष्ट्रिय प्रेस एकेडेमी स्याटलाइट अवार्डमा मनोनितदीपक रौनियार निर्देशित यो फिल्म मोसन पिक्चरको विधामा पर्न सफल भएको हो। सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्य ‘सोसियो पोलिटिकल ड्रामा’ हो। ८८ मिनेट लामो फिल्मलाई निर्देशक रौनियारले नै लेखेका हुन्। फिल्ममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार लगायतको अभिनय छ।
७० भन्दा बढी फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको फिल्म ‘सेतो सूर्य’ मंसिर २२ गतेबाट नेपाली सिनेमाहरूमा पुनः प्रदर्शन गरिँदै छ। यो फिल्मले ओस्कारको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मका लागि पनि प्रतिस्पर्धा गरिरहेको छ। अवार्ड वितरण कार्यक्रम आगामी माघ २२ गते हुँदैछ।