• ६ कार्तिक २०७७, बिहीबार
फाल्गुन महिनामा यी राशिको भाग्योदय हुनेछ
  • स्टुडियाे संवाददाता

फाल्गुन महिनाको सङ्क्रान्ति मङ्गलबार परेको छ तर सूर्यको राशि सङ्क्रमणको समयमा सोमबारकै संयोग परेको छ । त्यस्तै उक्त समयमा मकर लग्न र कृष्णपक्षको चतुर्दशी तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले फाल्गुन महिनाभरि कुम्भ राशिमा विचरण गर्ने गर्दछन् । यस महिनाको प्रारम्भमा आफ्नै घरमा बृश्चिक राशिमा रहेको मङ्गल ग्रह २७ गते धनु राशिमा पुग्ने सङ्केत छ ।

कुम्भ राशिमा रहेको बुध ग्रहले १८ गते मीन राशिमा प्रवेश गर्नेछ । सुरुमा कुम्भ राशिमा उपस्थित शुक्र ग्रहले पनि १७ गते राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्नेछन्, त्यस्तै गतिमा अतिचार भई माघ महिनाको २७ गते बृश्चिक राशिमा आइपुगेको बृहस्पति ग्रहले महिनाभरि त्यसै राशिमा उपस्थिति जनाउने सङ्केत छ । त्यसबाहेक धनु राशिमा रहेको शनि, कर्कट राशिमा रहेको राहु र मकर राशिमा रहेको केतु ग्रहको भने महिनाभरिको अवस्थिति यथावत् रहने देखिन्छ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनता खुसी, सुखी र प्रसन्न रहने छन् । अधिकतम उपभोग्य पदार्थको मूल्यमा गिरावट आउने छ, तर तेल, घिउ र किराना वस्तुको मूल्यमा बृद्धि हुने लक्षण छ । त्यस्तै फलफूल र तरकारीको मूल्यमा बृद्धि हुनेछ । दक्षिणी वायुको प्रकोप हुने छ भने राजनैतिक वृत्तमा पनि दक्षिणी छिमेकीहरूले वर्चस्व स्थापना गर्ने वातावरणको सिर्जना हुने सङ्केत देखिन्छ ।

हावा चल्ने र आँधीहुरीको सम्भावना पनि रहने छ, जसका कारण तराई र भारतमा धनजनको क्षति हुनसक्छ । त्यसबाहेक समाजमा सानातिना आपराधिक गतिविधिमा बृद्धि हुने सङ्केत पनि छ, चोरीडकैती जस्ता उपद्रवका समाचार सुन्न पाइने छ । सेयर कारोबारमा सामान्य छ भने सरकार र दलका बीचको सम्बन्धसमेत सामान्य नै रहने देखिन्छ ।

  • ३ फाल्गुन २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech