• १३ कार्तिक २०७७, बिहीबार
गगन थापालाई लक्षित गरी बम प्रहार, थापासहित ८ घाइते
  • स्टुडियाे संवाददाता

काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ।

घटनामा उम्मेदवार थापासहित ८ जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। बम आक्रमणमा परी केही कार्यकर्ता गम्भीर घाइते भएका छन्।

बुढानीलकण्ठको चपली हाइट नजिकै बस्तीमा सोमबार बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको प्रहरीले जनाएको छ।

घाइते थापासहित सबै घाइतेलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

  • १८ मंसिर २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech