• १५ कार्तिक २०७७, शनिबार
फेसबुकले १३ वर्ष मुनिका बालबालिकालाई च्याट गर्न नदिने
  • स्टुडियाे संवाददाता

विश्वकै सबैभन्दा धेरै चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ नयाँ एप्लीकेसन ल्याएको छ । उसले बालबालिकालाई फेसबुक मुक्त बनाउन यस्तो एप्लीकेसन ल्याएको हो । फेसबुकको नियम अनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् ।

यसलाई समाधान गर्न फेसबुकले नयाँ एप्लीकेसन ल्याएको हो । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । तर, यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ । उसको नयाँ एप्लीकेसन अनुसार बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ । यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन ।

  • १९ मंसिर २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech