• ४ कार्तिक २०७७, मंगलवार
केकीको ‘इन–आउट’
  • स्टुडियाे संवाददाता

लामो समयपछि फिल्ममा फिरेका अभिनेता रमेश उप्रेती आफैँले निर्माण गर्न लागेको फिल्म ‘ऐश्वर्या’मा अभिनेत्री केकी अधिकारीले खेल्ने पक्कापक्की थियो । तर, केही समयअघि उनले फिल्म नखेल्ने खबर मिडियामा आयो ।

कारण– अर्कै फिल्मको छायांकनका कारण समय दिन नसकेको । तर, फेरि अहिले खबर आएको छ– केकीले छाडेको ‘ऐश्वर्या’ खेल्ने । बुझिएअनुसार केकीले अभिनय गर्ने भनिएका दुई फिल्म ‘घामपानी’ र ‘ऐश्वर्या’ एउटै समयमा छायांकन हुने भएपछि उनले ‘घामपानी’ रोजेकी थिइन् । तर, कारणवश ‘ऐश्वर्या’को छायांकन भर्खरै सुरु भएको छ भने ‘घामपानी’को सकिइसकेको छ ।

यता निर्माण युनिट समय मिल्ने भएपछि ‘आउट’ भएकी केकी फेरि ‘इन’ भएको बताइरहेको छ । खास कारण जेसुकै होस्, केकीको ‘इन–आउट’ खबरले भने नेपाली फिल्म जगत्मा राम्रै चर्चा पायो ।

  • २० मंसिर २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech