• १३ कार्तिक २०७७, बिहीबार
श्रृङ्खलावद्ध बम विष्फोटनका घटनामा संलग्नलाई प्रहरीद्वारा पक्राउ
  • स्टुडियाे संवाददाता

निर्वाचनको समयमा भइरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डीआइजी मनोज न्यौपानेले विष्फोटका घटनाहरुमा विप्लव समूहकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रहरीका अनुसार विष्फोटसहितका निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लवका ६ सयजना कार्यकर्ता समेत पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न सिके राउतका १३ जना कार्यकर्ता समेत पक्राउ परेका छन् ।
देशमा संविधान कार्यान्वयनको लागी यसअघि नै स्थानीय तहको चुनाव शान्तिपूर्ण रुपमा समापन भएको थियो । त्यसै अनुरुप प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावको पहिलो चरणको चुनाव ३२ जिल्लामा मङ्सिर १० गते सकिएको थियो ।मतपत्र गन्ने काम भने आजको चुनाव सकिए लगत्तै हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech