दाङको शान्तिनगर गाउपालिकाकाे सरस्वती निमावि बाघखाेर मतदान केन्द्रलाई स्थानीय जनताले कब्जामा लिएर चारैतिर घेराबन्दी छन् । बिहानैदेखि सरस्वती निमावि मतदान केन्द्र बाघखाेर स्थानीयकाे घेराबन्दीमा परेपछि त्यहाँ शुन्य मतदान भएको छ । पुरानै संसदीय व्यवस्थाकाे चुनावप्रति जनताहरले चारैतिरबाट घेराबन्दी गरेपछि त्यहाँ अहिलेसम्म एक जना पनि भाेट हाल्न नगएको स्थानीयले बताएका छन् ।
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको दोस्रो चरणको चुनाव आज देशाका ४५ वटा जिल्लामा हुदैछ ।