नेपाली कांग्रेसका नेता तथा काठमाण्डु क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले मतदान गर्न जानुअघि छोरीहरूसँग शुभकामना लिएका छन् ।
काठमाण्डु क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार थापाले बिहान मतदान गर्न निस्कनुअघि छोरी र श्रीमतीसँगको तस्बिर ट्वीटरमा पोष्ट गर्दै भनेका छन्, ‘मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरूको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो ।’
थापाले अगाडि भनेका छन्, ‘म मेरो भोट छोरीहरूप्रति समर्पित गर्न चाहन्छु ।’
निर्वाचन अभियानकै क्रममा थापा बम विस्फोटमा परी सामान्य घाइते समेत भएका थिए ।