• ४ कार्तिक २०७७, मंगलवार
निर्वस्त्र वेटरको जिउमा नै खान पाइने अनौठो रेष्टुराँ
  • स्टुडियाे संवाददाता

संसारमा विचित्र विचित्रको कुरा भर्इरहेको हुन्छ। मानीसको ध्यान तान्न अनेक उपाय अपनाइरहेका हुन्छन् ।

हालै स्पेनमा पनि एउटा रेष्टुरेन्ट यस्तै खुलेको छ, जसको छुट्टै विशेषता छ, कि त्यहा खाना खान जाने मानीसहरू नाङ्गिनु पर्छ। उक्त रेष्टुरेन्टमा जाने महिला तथा पुरुषहरुले त्यहाँका आफुलाई मनपर्ने पुरुष वा महिला वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफुपनि नांगै भएर खान सक्दछन् ।

दी इन्नेटो टेनेराइफ नामक रेष्टुरेन्टमा मुखै रसाउने भोजन गर्नुअघि पाहुनाहरु निर्वस्त्र हुन सक्दछन् र त्यहाँ उत्तेजक वातावरणको सिर्जना गरिएको हुन्छ । त्यहाँ जानुअघि पाहुनाहरुले आफ्ना क्यामेरा तथा स्मार्टफोन काउन्टरमै छाड्नुपर्छ । त्यसपछि उनीहरुलाई सिधै चेन्जिंग रुपमा लगिन्छ र उनीहरुले लगाएका कपडा फुकालेर स्नान वस्त्र लगाउन दिइन्छ । त्यसपछि पाहुनाहरु भोजनस्थल तर्फ प्रस्थान गर्दछन् ।

भोजनका लागि कुर्सीमा बस्नुअघि उनीहरुले जिउमा लगाएका बाँकी कपडा पनि फुकाल्छन् र निकै आत्मीय तथा उत्तेजक वातावरण आत्मसाथ गर्दछन् । हरेक टेबुलहरुलाई बाँसले छुट्टाइएको छ र हरेक पाहुनाहरुले आफ्नो गोपनीयता केही हदसम्म कायम गर्न पाउँछन् । यो रेष्टुरेन्टमा पस्किने मेनुमा विभिन्न यौनबर्धक भोजन छन् । अझ रोचक त के भने त्यस्ता भोजनहरु केवल पातले लाज ढाकेका वेटर तथा वेट्रेसका निर्वस्त्र जिउमा राखेर पाहुनालाई पस्किइन्छ ।

भोजनपछि खुवाइने डेजर्ट पनि कम्ता उत्तेजक छैन । ह्याप्पी इण्डिंग डेजर्टमा पग्लेको चाकोलेटमा चोपलिएका निर्वस्त्र मोडेलहरुको सिँगो जिउ उपलब्ध हुन्छ । जहाँ पाहुनाहरुले स्ट्रबेरी चोपेर खान सक्छन् । यस्ता खालका होटल स्पेनमा मात्रै नभई लण्डन, युरोपियन मुलुकहरुमा धेरै खुलीसकेका छन् ।

 

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech