• ६ कार्तिक २०७७, बिहीबार
निर्वाचन सकिएको १७ घण्टापछि बल्ल निर्वाचन आयोगले मुख खोल्यो
  • स्टुडियाे संवाददाता

२०७४ मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना सुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम सुरु भइसकेको छ । मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भइसकेको तर विजयीहरुको पूर्ण विवरण आयोगलाई औपचारिकरुपमा प्राप्त भइसकेको छैन । ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सुरु भएको छ ।

यसैगरी, मंसिर २१ गते बिहीबार ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचनका अधिकांश मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकाको ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य सुरु भइसकेको र क्षेत्र नं. १ को मतगणना सुरु गर्ने तयारी हुँदैछ । त्यसैगरी, काठमाडौं तथा भक्तपुर जिल्लाका मतपेटिका संकलन भइसकेकाले केही बेरमै मतगणना सुरु हुने जानकारी आयोगलाई प्राप्त भएको छ ।

  • २२ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech