• ९ कार्तिक २०७७, आईतवार
रुख ढलेको होइन, पुराना पातहरु झरेर नयाँ पलाउन लागेको हो : प्रदिप गिरि
  • स्टुडियाे संवाददाता

नेपालि कांग्रेसका अग्रज नेता प्रदिप गिरीले यतिबेला कांग्रेस समाप्त हुन लागेको नभई पुनर्संरचनाको लागि उपयुक्त वातावरण तयार भएको जिकिर गर्नु भयो ।

सिराहा क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्य उमेद्वार रहनुभएका गिरीले टाइम्स अफ नेपालिसंगको संवादको क्रममा भन्नु भयो, “जब जब शिशिर आउछ रुखले आफ्ना धेरै पातहरु गुमाउछ त्यसलाई नै कसैले उसको समाप्ति भनेर बुझ्छ भने उसको त्यो भ्रम बसन्तमा तोडिन्छ ” ।

गिरीले अब कांग्रेस हराभरा सहितको बसन्त जसरि सुन्दर भएर आउने कुरा समेत स्पस्ट पार्नु भयो । तपाइले जित्नुहुन्छ कि के गर्नुहुन्छ भने प्रश्नमा गिरीले थप्नु भयो “मलाइ लाग्छ अब जनताले झुटो लाइ विश्वास गर्न छाडिसके, मैले यो क्षेत्र र समग्र मधेशको लागि मेरो पार्टीबाट सक्दो प्रयास गरेको कुरा यहाँ हर कोहीलाई थाह छ । त्यसकारण पनि मैले जित्छु कि भन्ने लाग्छ तर नजित्दा पनि म हार स्वीकार्न नसक्ने मानासिक्ता को मान्छे चाही होइन ।”

गिरि नेपालि कांग्रेस भित्र बौद्दिक नेता मानिनुहुन्छ ।

हामीले यो समाचार तयार पार्दा सम्म सिराह क्षेत्र न. एक मा गिरि १०००७ मतका साथ् अगाडी हुनुह्न्छ भने उहालाई ८५५४ मतका साथ् एमालेका गंगाप्रसाद यादबले पछ्याइरहनु बहेको छ ।

  • २४ मंसिर २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech