• ६ कार्तिक २०७७, बिहीबार
दोस्रो बसन्त पार नगर्दै रिमाको वैवाहिक जीवनमा पूर्णविराम
  • स्टुडियाे संवाददाता

वैवाहिक जीवनको दोस्रो बसन्त पनि पार नगर्दै अभिनेत्री रिमा विश्वकर्माको वैवाहिक जीवनमा पूर्णविराम लागेको छ ।

केहि समयको प्रेम पश्चात प्रेमी रोबर्ट बीकसँग भब्यताका साथ विवाह गरेकी रिमाले केहि साता अघि पारपाचुके गरेकी हुन् । उनीसँगको सम्बन्धमा पूर्णविराम लगाएसँगै उनका प्रेमीले अर्की मोडल बर्षा रसाइलीसँग सहयात्राको पारम्भ गरिसकेका छन् ।

रिमासँगको पारपाचुके लगत्तै उनले गत सातानै वर्षासँग फूलमाला गरेका हुन् । उनीहरुको विवाहको दिन भने वाहिरिएको छैन् । २ वर्ष अघि एक–आपसमा गासिएका रिमा र रोवर्टको सम्बन्धमा के कारणले चिसो पैदा भयो उक्त कुरा भने सार्वजनिक भएको छैन् ।

तर, रिमाले भित्री रुपमा केहि महिना अघिबाटै डिभोर्सको तयारी गरेको बताईन्छ । रिमासँगको वैवाहिक जीवनलाई टुङ्ग्याउनु बेलायतबाट नेपाल आएका रोवर्टले भने शुक्रबार वर्षासँ इन्गेजमेन्ट गरेर शनिबार बिहानै बेलायत उडेका छन् ।

  • २४ मंसिर २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech