• १३ कार्तिक २०७७, बिहीबार
विश्व-प्रसिद्ध केहि उत्कृष्ट भनाइहरू
  • स्टुडियाे संवाददाता

१. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी

२. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन

३. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट

४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन

५. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप

६. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन

७. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस

८. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन

९. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट

१०. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा

११. असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो । — मेरी पिक फोर्ड

१२. विजेताहरू पराजयलाई पनि विजयकै एक हिस्सा मान्छन् । — माया एन्जेलाऊ

१३. केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो । — फ्रान्सेली आहान

१४. संकट, बाधा एवं असफलता भनेका शिखर पुग्ने खुड्किला नै हुन् । — डेनी क्वीन

१५. ढल्नुमा तपाईको दोष नहुन सक्छ, तर उठ्नुभएन भने त्यो तपाईकै दोष हो । — जेसी ज्याक्सन

१६. मेरो सबभन्दा ठूलो चिन्ता यो होइन कि तपाई असफल हुनुभयो, सबभन्दा ठूलो चिन्ता त यो हो कि तपाई आफ्नो असफलतामै सन्तुष्ट भएर बस्नुभएको छ । — अब्राहम लिंकन

  • २५ मंसिर २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech