• ९ कार्तिक २०७७, आईतवार
विश्वप्रकाशलाइ हराउन सिटौला संलग्न
  • स्टुडियाे संवाददाता

कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौला आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा परेको छ ।

झापा क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । क्षेत्रनम्बर १ बाट युवा नेता विश्वप्रकाश शर्मा पराजित हुनुमा सिटौलाकै भूमिका रहेको आरोप पनि लागेको छ । शर्मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

युवा नेता विश्वप्रकाश शर्माको पराजयमा सिटौलाकै भूमिका मुख्य रहेको भन्दै कार्यकर्ता पंक्ति आक्रोश व्यक्त गरिरहेको छ ।

त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन् । तर, जिल्लाका नेताकार्यकर्ता भने उनीविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्दै हिँडिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकले लेखेको छ।

  • २ पुष २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech