• ६ कार्तिक २०७७, बिहीबार
ऐतिहासिक ,पर्यकट तथा धार्मिक क्षेत्रमा सप्तरी जिल्ला धनी(सेयर गर्नुहोला)
  • स्टुडियाे संवाददाता

२ नं.प्रदेशमा पर्ने सप्तरी जिल्ला ऐतिहासिक ,पर्यकट तथा धार्मिक क्षेत्रमा धनी रहेको छ । विश्वको सर्वोच्च हिमशिखरको प्रतीक सगरमाथा अञ्चल कोखमा रहेको जिल्ला धार्मिक दृष्टिले धेरै प्रसिद्ध छ । यहाँ पुराना देवीदेवताका मठ मन्दिर प्रशस्त पाईएको वर्णन पाउँछौं तर विस्तृत रूपमा अध्ययन र उत्खनन भएको छैन ।

सप्तरीको नामाकरण धेरैलाई थाह नहुन सक्छ । जिल्लाको पुर्वी सिमाना कोशी नदीको वाढीले धेरै दु:ख दिने गरेकाले सप्तकोशीलाई सात शत्रु अथवा “सप्तअरी” (सप्तरी) को अप्रभंशबाट यो जिल्लाको नाम सप्तरी रहन गएको भन्ने किंवदन्ती छ । त्यस्तै अर्को थरी विद्धानहरुका अनुसार “सप्त” ले सात र “तरी” भन्नाले उब्जाउ भुमिको रुपमा भएकाले सप्तरीको नामाकरण भएको जनश्रुति छ ।

लोक संस्कृतिसँग जोडिएको सप्तरीको अग्निसाईर कृष्णासरवण गाउँपालिकास्थित कृष्णाराम मरोटीस्थल ओझेलमा परेको छ । मोहुली बजारदेखि करिब १४ किलोमिटर उत्तरतर्फ भित्री चुरे जंगलमा मरोटी रहेको छ । बाटोभरि विभिन्न झरनाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्रसवनी माध्यमिक विद्यालयको प्रागनमा हरिहरपुरमा एउटा बौद्ध स्तुप छ ।

नेपाल कै प्रवित्र स्थल मानिने छिन्नमस्ता गाउँपालिकास्थित सखडामा रहेको छिन्नमस्ता भगवतीको मन्दिर छ । आजभन्दा करीब तीन दशक पुर्व सखडा भवानीलाई शंखडेश्वरी भगवती भनेर पूजा गरिन्थ्यो । यो मन्दिर राजविराज देखि करीव ९ कि.मि. दक्षिण भारतको सीमा नजिक स्थापित छ । यहाँ पुजा आजा गरे मनमा चिताएका कुरा पुरा हुने जनविश्वास रहेका छन् ।

हनुमानगर कंकालिनी नगरपालिकाको भारदह स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गको उत्तर पट्टी कंकालिनी मन्दिर स्थापित छ । रागाँको वलीको लागि यो भगवती प्रसिद्ध छ । यहाँ दशैका बेला ठुलो मेला लाग्ने गर्दछ ।

शम्भुनाथ नगरपालिका स्थित पुर्व–पश्चिम राजमार्ग देखि २०० मिटर दक्षिण शम्भुनाथ भगवान शिवको प्रतिक रुपमा शम्भुनाथ मन्दिर रहेको छ । जहाँ प्रत्यक बर्षको बैशाख १ गते देखि एक महिना सम्म मेला लाग्ने गरिन्छ । यस्तै शम्भूनाथ मन्दिरको आसपासमा धेरै ढिस्कोहरू छन् जसलाई अध्ययन गर्न जरूरी छ ।

त्यसैगरी जिल्लाको चन्द्रभागा, कान्छा खोरियागढी ,अग्निसाई र रूपनीको भग्नावशेष, रूपनगरको भग्नावशेष ,बलुवाको उमा महेश्वर, राजदेवी मन्दिर, बोरियाकट्टी, ललापट्टी पंचेश्वर महादेव, मानराजा मन्दिर, लक्ष्मीनारायण मन्दिर कुशमहार ,विष्णु मन्दिर, हनुमान नगरको हनुमानमूर्ति आदिको संक्षिप्त अध्ययन उत्खनन भएको छ ।

बनरझुलास्थित कंचीरा नजिकै दुहबी गाउँ छ । त्यहाँ २/३ वटा पुराना पोखरी र ढिस्कोहरू र पुराना बस्तीहरूका अवशेषहरु छन् । सुहबी र दुहबी दुई बहिनी थिए उनीकै नामबाट पोखरी र गढहरू थिए र आज पनि भग्नावशेषको रूपमा पोखरी र ढिस्कोहरू यथावत् छन् ।

जिल्ला भित्र विभिन्न प्रकारका पुरातात्विक र ऐतिहासिक वस्तुहरु एवं स्थानहरु छन् जसबारे हालसम्म खोज अनुसन्धान अध्ययन र प्रकाशन हुन सकेको छैन ।

शम्भुनाथ नगरपालिका स्थित पोखरीयामा एउटा प्राचिनकालको इनार छ । यस इनारको पानीले नुहाउादा रोग निको हुने विश्वासर परम्परा छ । उक्त नपामा रहेको कनकपट्टी पर्खाल जुन २०५४ सालमा कनकपट्टी गाउँ भन्दा उत्तरतिर पुर्व पश्चिम राजमार्गको ट्राफिक चौक देखि उत्तर चुरे डााडामा नदी कटान हुँदा उत्खनन भएको हो ।

सप्तरीको बनौली (राजबनौली) गाउँमा आज पनि एउटा पुरानो ढिस्को छ । जसलाई गाउँलेहरूले पवित्र ठाउँ (डिहबार) ग्राम देवता मानी पूजा समेत गर्दछन् । बनौली गाउँमा विद्यापति र शिवसिंह रानी समेत बसेको कुरा प्रमाणित भैसकेको छ ।

कन्चनरुप नगरपालिका ६ स्थित घोघनपुरमा भजनेश्वर नाथको मन्दिर स्थापित छ । २०४० साल भाद्र ४ गते भजन चौधरीले खेत खन्दा वखत शीव पार्वतीको अति सुन्दर मुर्ती फेला परेका थियो । शिव पार्वतीको साथमा डमरु वसहा, त्रिशुल, नाग, बाघ र घतुरोका फुल समेत रहेका छन् । कन्चनरुप नगरपालिका स्थित विष्णु मन्दिर जहाँ २००१ सालमा गुजाई यादव भन्ने व्यक्तिले घर बनाउन खम्बा गाडी रहेको बखत घोप्टिएको अवस्थामा फेला परेको थियो । तयस्तै उक्त नगरपालिका स्थित धरमपुरमा सलहेस पिर्का अवस्थित छ । अतः यस बारेमा अध्ययन र उत्खनन गर्न जरूरी छ । ठेलिया मन्दिर ठेलिया स्थित पुर्व पश्चिम राजमार्गको सिमरा चौक देखि २ कि.मि. दक्षिणमा स्थापित छ ।

कन्चनरुपनगरपालिका स्थित प्रिप्रापुर्व पत्थरीमा एउटा इनार छ जुन कि झण्डै ३०० बर्ष पुरानो रहेको अनुमान छ ।

बोदेबरसाईन नगरपालिका स्थित सारस्वर कुशमहारमा स्थापित छ करीव डेढसय वर्ष अघि स्थापना भएको लक्ष्मी नारायण मन्दिर । मुगल सम्राटको आक्रमणमा लक्ष्मी नारायण मुर्तीलाई अपाङ्ग पारिएको थियो । त्यस्तै उक्त नगरपालिकामा रहेको मानराजा राजा एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक स्थान हो ।

लोहजरा दह स्थित ठाकुर बाबा मन्दिर ,प्रसवनीमा अबस्थित कजरा दह, सलहेस थान, सोसिया थान, दिनाभद्री, डगरीन थान, राजाजी स्थान, महन्थ स्थान, पञ्चकन्या, डाकनी स्थान आदि ऐतिहासिक तथा धार्मिक स्थानहरुका विभिन्न प्रकारका पुरातात्विक र ऐतिहासिक वस्तुहरु एवं स्थानहरु छन् जसबारे हालसम्म खोज अनुसन्धान अध्ययन र प्रकाशन हुन सकेको छैन ।

स्मर्णिय रहोस् अध्ययनको लागि स्थानीय व्यक्ति, स्रोत व्यक्तिको रूपमा दिए पछि अध्ययन र अनुसन्धानको मर्यादा झन् बढ्नेछ । स्थानीय गित र कथा पनि अनुसन्धानमा ठूलो टेवा दिन्छ त्यसैले यी कुराहरूलाई विचार गरेर योजनाहरू बनाउनुपर्छ |  #saptari . #historical #pillgrims of saptary. #research #tourism #area #saptari

  • ३ कार्तिक २०७५, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech