• ६ कार्तिक २०७७, बिहीबार
ईपीएल सुरु : पहिलाे खेलमा ललितपुर र काठमाडौं भिड्दै
  • स्टुडियाे संवाददाता

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करण आजदेखि राजधानीमा सुरु भएको छ ।

६ वटा सहरका फ्रेन्चाइज टोलीको सहभागिता हुने प्रतियोगिताको विजयी टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसपटक विदेशी खेलाडीको सहभागिताले सबैको नजर त्यसतर्फ तानेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ललितपुर प्याट्रिएट्स र श्रीलंकाली खेलाडी महारुफको कप्तानीमा रहेको काठमाडौं किङ्स अहिले भिडिरहेका छन् ।

ललितपुरको टोलीमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता जनाइसकेका योगेश नागरसँगै भारतीय खेलाडी जयकिशन कोस्लावाला र सुबोध भाटी पनि छन् । टोलीमा यू–१९ टोलीका पवन सर्राफ र रसिद खान पनि छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने र महबुब आलमको सहभागिताले ललितपुरको टोलीलाई थप बलियो बनाएको छ । टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् ।

यता काठमाडौंमा कप्तान महारुफसँगै अर्का श्रीलंकाली खेलाडी अक्षु फर्नान्डो पनि छन् । मध्यक्रमका ब्याट्सम्यान फर्नान्डोसँगै भारतीय ब्याट्सम्यान सगर कुमारले टोलीलाई थप बलियो बनाएका छन् ।

टोलीमा मार्की खेलाडीका रूपमा सोमपाल कामी छन् भने राष्ट्रिय टोलीका सागर पुन पनि छन् । सिद्धान्त लोहनी, जितेन्द्र मुखिया र नरेश बुढाऐरको उपस्थितिले टोली मजबुत देखिएको छ । टोलीको प्रशिक्षक मनोज कटुवाल छन् ।

  • ३ पुष २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech