×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ फाल्गुन ७, बुधबार
बलात्कार अभियाेगमा सप्तरीमा एक युवक पक्राउ
  • स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • ७ कार्तिक २०७५, बुधबार
  • सप्तरीको खडक नगरपालिका वडा नम्वर–९ मा एक किशोरीलाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    स्थानीय अन्दाजी १५ वर्षिय किशोरीलाई सोमवार १२.३० बजेको समयमा आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भनी सूचनाका आधारमा प्रहरीले अन्दाजी ३५ वर्षिय दिलिप कुमार दासलाई पक्राउ गरेको हो । जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले दासलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

    गत असोज २६ गते सप्तरीको डाक्नेश्वरी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएको थियो । पीडित युवतीका आफन्तले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले वडा नम्वर २ का २२ वर्षीय ओमप्रकाश साहलाई पक्राउ गरेका छन् । युवतीलाई पिसाव फेर्न घर नजिकै सडकमा गएको बेला साहले जबरजस्ती करणी गरेका थिए । साहमाथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।
    यसअघि गत असोज १६ गते राति पनि वडा नम्वर ५ मा एक बालिकामाथि बलात्कार भएको थियो ।

    Nabintech