पुरुषले महिलाका बारेमा थाहा पाउनै पर्ने कुराहरु यस्ता छन् :
१. हो, हामीलाई गिफ्ट र सरप्राइज मनपर्छ तर तपाईंको मनले चाहेर गरेको कुराहरु महिलालाई सबैभन्दा मनपर्ने कुरा हो ।
२. शरिरको साथसाथै दिमाग पनि हुन जरुरी छ । जिम्मेवार र बुद्धिमान पुरुषहरु महिलाको रुचीमा पर्ने गर्दछन् ।
३. कुरा गर्ने अलावा महिलालाई माया र केयर गर्नुहुन्छ भनेर देखाउनुहोस् । सन्देश आदान प्रदान गर्न र परिवारसँग भेट्न समय दिनुहोस् ।
४. माया गर्नुस्, आदर गर्नुस् र कुराहरु सुन्नुहोस् । यति गर्नुभयो भने महिला खुसी ।
५. तपाईं जति महत्वपूर्ण भए पनि महिला हाम्रो आत्म सम्मानमा सम्झौता गर्न सक्दैनन् ।
६. सपिङ महिलाको जन्मसिद्ध अधिकार हो र त्यसलाई महिलाले पाउनुपर्छ । कृपया यसलाई विलासिता नसम्झि आवश्यकता ठान्नुहोस् ।
७. पुरुषलाई जस्तै महिललाई पनि आफ्नो करियर महत्वपूर्ण हुन्छ, त्यसलाई सम्मान गर्नुहोस् ।
८. कहिलेकाँही समस्या सुन्ने कानको आवश्यक पर्छ । दार्शनिक बनेर समस्याको समाधान गर्न नखोज्नुहोस् ।
९. झुटो कुरा नबोल्नुहोस् । विश्वास गर्नुहोस्, महिलाले झुटो बोलेको थाहा पाइहाल्छन् । झुटो कुरा बोलेर महिलालाई पट्याउन सक्छु भन्ने सोच्दैहुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।