१.तिलका परिकारः तिलको लड्डु एवं अन्य यसका परिकारहरु खानाले जाडोमा शरीरलाई तातो बनाउन मद्धत पुर्याउछ । बदाममा भन्दा तीलमा ६ गुणा बढी क्याल्सियम हुन्छ ।
२. मगफलीः जाडोमा मंगफली खान निकै फाईदाजनक छ । आईरन , जींक जस्ता गुणहरुका कारण यसले शरीलाई शर्दीँबाट जोगाउदछ ।
३. अदुवा र तुलसीको चियाः चिसोमा अदुवा र तुलसीको पात मिसाएर चिया खानाले शरीलाई अति फाईदा हुन्छ । यसमा रहेको एन्टीअक्सिडेन्टले शरीरको पाचन प्रकृया समेत मजबुत बनाउने छ ।
४. सखरः शखर पनि जाडोमा अचुक दवाई मानिन्छ । यसले कफमा समेत राम्रो फाईदा गर्दछ ।
५. अमलाः अमला पनि निकै गुणकारी फल हो । यसमा भीटामीन बी तथा आईरन प्रशस्त पाईन्छ ।
६. गाजरः गाजर पनि शरीरका लागि सधै फाईदाजनक छ । भिटामीन ए को मात्रा बढी हुने हुनाले यसले आखालाई लाभ दिन्छ ।
७. अण्डाः आलस्यता बढ्ने जस्ता समस्यामा यो निकै लाभदायक छ । दैनिक बिहान बिहान खानाले निकै शक्ति प्रदान गर्नुका दिनभर फूर्तिलो बन्न मद्धत पुर्याउछ ।