• १३ कार्तिक २०७७, बिहीबार
शोकशब्द
  • स्टुडियाे संवाददाता

यो आकाश

यो धर्ती

यो जनजीवन

मृत्युपीडाले अत्तालिएको बेला

उफ् यो समाचार सुनाउनेहरू

किन गल्ती भयो भनी क्षमा माग्दैनन्रु

विचारका द्वन्द्व पोख्नेहरू

किन जिउँदा विचार बोक्दैनन्रु

शुन्य मुटुको ध डकनभित्र

वास्तविकता बुझ्नै पर्ने

खालि मौन प्रश्न छन्‘।

हे जनमनका प्यारा१

जिन्दगी के रहेछ रु

तिम्रा वक्षस्थलमा सल्केका दीपहरू

अस्पष्ट, किरमिरझैँ लाग्दछन्

मुटु काँपिरहेछ,शरीर झमझमाइरहेछ

यो पल किन भारी हुन्छरु

अस्थिर लाग्छ जिन्दगी

बोझ लाग्छ जिन्दगी

अन्तरद्वन्द्व सुरु हुन्छ

तिमीलाई हेर्ने ,भेट्ने,छुने

कल्पनाका पखेटा काटिएका छन्

खालि शून्य मस्तिष्क ,भावविहिन शब्द

बोकेर

म त फगत

समयका धारमा

छरपस्ट मनसँगै

जीवनका जुहारतहरू

लुटिएको देख्दा

थलिएकी छु,उठ्नै नसक्ने गरी‘।

‘सायद समयले नै घाउ पुर्नेछ।

  • १५ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech