राष्ट्रिय समाचार समिति (रासस)का सप्तरीका समाचारदाता पत्रकार अरुण कुमार यादव पुरस्कृत भएका छ्न । विगत दश बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय यादवलाई राससको ५८औं वार्षिकोत्सवको अवसरमा प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरधाममा पुरस्कृत भएका हुन ।
राससमा प्रदेश नम्वर २ बाट उत्कृष्ट समाचारदाताका रुपमा यादवलाई पुरस्कृत गरिएको छ । कदरपत्र सहित जनही नगद ५ हजार रुपैयाँको दरले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पुरस्कार प्रदान गरेको थियो ।
यता राससमा प्रदेश २ बाट उत्कृष्ट समाचारदाताको रुपमा सप्तरीका अरुण कुमार यादव, उत्कृष्ट आलेख तर्फ संजित कुमार मण्डल (महोत्तरी) र उत्कृट फोटो तर्फबाट विजयकुमार महतो (पर्सा) लाई पुरस्कृत गरिएको छ ।