नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई ४ सय ४३ थान निःशुल्क विद्युत मिटर र एमसिबीसमेत बितरण गरेको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले अतिविपन्न तथा सार्वजनिक महत्वका मठ, मन्दिर र मस्जिदलाई पहिलो चरणमा राजविराज नगरपालिकाका ९१, डाक्नेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ६१, रुपनी गाउँपालिकाका १ सय १, विष्णुपुर गाउँपालिकाका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कुल ४ सय ४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ ।
यसैगरी प्राधिकरणले सप्तरीमा १ हजार ५ सय थान मिटर र एमसिबी वितरण गर्ने लक्ष्य लिएको छ ।