सिरहा जिल्लामा एक जना महिला माथी मट्टीतेल छर्केर जिउँदै जलाउने प्रयास भएको घटना सार्वजनिक भएको छ । नाम कन्चन मण्डल हो ;उहालाई ससुराली पक्षद्वारा जिउँदै मट्टितेल छर्केर जलाउने प्रयास भएको जनाएको छ ।
बिहिवार राती पीडितलाई उपचारको लागि धरान स्थित बि.पि. कोईराला स्वास्थ्य प्रतिष्ठान लगिएको थियो । तर उपचार सम्भावना नदेखिएपछि अहिले काठमाडौंको टिचिङ्ग अस्पताल ल्याउने तयारी गरिएको जनाएको छ । उनको शरीर पुरै जलेकोले उपचार काठमाडौंको शुष्मा अस्पताल र टिचिङ्ग अस्पतालमा मात्र सम्भावना रहेको बिपि कोइराला अस्पतालका नर्सहरुले बताए ।
उनको धेरै भन्दा बढि छाला जलेको छ । उहाँको शरीर पुर्णरुपले छित्विछित भैइसकेको छ। बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान अस्पतालमा कन्चनको उपचार हुन नसकेपछि काठमाडौँ स्थित होस्पिटलमा उपचारको ल्याइदै छ । धरानमा बस्ने जिता गुरुङले फेस्बुकमा कन्चनको तस्बिर सार्वजनिक गर्दै सहयोगको लागि अपिल गरेपछि घटना सार्वजनिक भएको थियो ।
पीडितको आमा बुबा अहिले बिहान ३ बजे तिर धरान पुगेकाले काठमाडौं ल्याउने तयारी गरिएको छ । यश अघि मधेसका लागि लड्ने युवाहरूले कनचनलाई धरानबाट काठमाडौं ल्याउन प्रायःस गरेपनी प्रहरी प्रशासनले ल्याउन नदिएको बिटु मिश्राले बताए । यश घटनाको थप विवरण आउन बाकी रहेकोे छ ।