सप्तरीमा मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा चालकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नागरपालिका– ३ स्थित पोर्ताहामा मोटरसाइकल दुर्घटनमा परी सोही ठाउँ बस्ने २२ वर्षीय शङ्कर पघैया यादव मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ ज ३५६२ नम्बरको गाडीले सोही दिशातर्फ जाँदै गरेको को १५ प ५५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक यादव घाइते भएका थिए।
यता उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।