सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते भएका थिए ।
घाइते हुनेमा करिब ७० वर्षीय छुतहरु दास रहेकोे थियो । दासलाई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता ठक्कर दिने मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।