पुस्तक व्यवसायी र विद्यार्थी संगठनबीच भएको सहमतिमा सिन्डीकेट प्रणाली तोडिएको छ । ‘पुस्तक महल’ मा तालाबन्दी गरी विद्यार्थी संगठन आन्दोलनमा उत्रिएपछि शनिबार राजविराजमा भएको सर्वपक्षीय बैठकले सिन्डिकेट प्रणाली अन्त्य गर्ने निर्णय गरेको हो ।
शनिबार विद्यार्थी संगठनहरुले वार्तामा सिन्डीकेट प्रणाली खारेज गर्दै बजारमा रहेका अन्य पुस्तक पसलहरुबाट सहज रुपमा पुस्तक पाइने र कक्षा नर्सरीदेखी १० सम्मको पाठ्यपुस्तकमा १० प्रतिशत छुट दिने सहमति भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति
स्थानिय केही पुस्तक व्यवसायीहरु मिलेर शैक्षिक सत्र सुरु भए लगत्तै गत १ बैशाखदेखी पुस्तक महल नामक अस्थायी पसल संचालन गरेर निजी विद्यालयका पुस्तकहरु एकलौटी ढंगले बिक्रि बितरण गर्दै आइरहेका थिए ।