दाइजो नल्याएको रिसमा पतिले मट्टितेल खन्याएर आगो लगाइएकी धनुषाकि निर्मला यादवको उपचारका क्रममा मृत्यु भएको छ । धनुषाको शहिददनगर नगरपालिका १ चिरैया टोलनिवासी परिवारले निर्मलालाई दाइजो ल्याउन दबाब दिएका थिए ।
मागेजति दाइजो नल्याएको रिसमा २३ वर्षीय पति मुकेशकुमार गोइतले २१ वर्षीया निर्मलाको शरिरमा मट्टितेल खन्याएर आगो लगाइदिएका थिए । आगोले जलेर गम्भीर घाइते निर्मलाको कीर्तिपुरस्थित अस्पतालमा ज्यान गएको हो ।
दाइजोको विवादमा पतिले आगो लगाएको १२ दिनपछि उपचारका क्रममा निर्मला यादवको यादवको काठमाडौंमा निधन भएको हो । शहिदनगर नरपालिका निवासी झरी गोइतका २३ वर्षीय छोरा मुकेशले गत वैशाख ५ गते कोठा थुनेर आगो लगाएका थिए ।
ढोका थुनी आगो लगाएपछि चिच्याएको सुनेर छिमेकीहरुले ढोका फोडी निर्मललाको शरीरको आगो निभाएका थिए । तत्कालै निर्मलाको उद्धार गरिए पनि छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको थियो । सुरुमा उनको जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं रेफर गरिएको थियो ।
धनुषाकै कमला नगरपालिका वडा नं. ५ लक्कड टोलकी निर्मलाको मुकेशलाई ४ लाख रुपैयाँ भन्दा बढी दाइजो दिएर बिहे गरिएको थियो । बिहेको १० महिनामै मुकेशले निर्मलालाई आगो लगाए । निर्मलाका दाजु राकेश यादवका अनुसार मागेजति दाइजो दिएर पनि ज्वाइँले बहिनीमाथि आगो लगाए ।