राजविराज नगरपालिका पूर्व उपमेयर मुसा अंसारीको बिहीबार बिहान राजविराजस्थित आफ्नै निवासमा निधन भएको शोकमा राजविराज नगरपालिका र मातहतका सबै कार्यालय बिहीबार बन्द गरिएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले एक प्रेस विज्ञप्ति जारि गरि अंसारीको निधनले अपूर्णिय क्षति भएको भन्दै शोक मनाउन बिहीबार नगरपालिका तथा मातहतका सबै कार्यालय बन्द गरिएको जनाएका छन् ।
राजविराज ३ निवासी अन्सारी २०५२ सालमा राजविराज नगरपालिकाको उपमेयरमा अत्याधिक मतले निर्वाचित भएका थिए ।