पर्साको वडा प्रहरी कार्यालय श्रीपुरले बिशेष सूचनाको आधारमा बिहिवार बिहान करिब साढे दश बजेतिर पर्सा जिल्लाको उतर बागमाना बाट बिरगंज तर्फ आउदै गरेको ना.४ स ६९५८ नम्बरको बसलाई वडा प्रहरी कार्यालय श्रीपुर अगाडि रोकि चेकजाँच गर्दा अबैध १८क्यु.बि. फिट काठको गोलिया बरामद गरिएको छ ।
काठसहित पर्सागढी न.पा.वडा न, २ बस्ने ४५ बर्षको बस धनी चैती देबि र सोही नगर पालिका वडा न,९ बस्ने बस चालक बलिराम सहनी पक्राउ परेको हो ।
बस सहित आवस्यक कार्वाही अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनु भएको थियो ।