औरही गाउँपालिका-५ हनुमान मन्दिर नजिकवाट भारतवाट नेपाल तर्फ अवैधरुपमा सामान ओसार्ने २ जनालाई करिव ५७ हजार ३ सय ८० रुपैया मुल्य वरावरको विभिन्न सामानहरु सहित शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिकाका ५५ वर्षीय राजेन्द्र महत्तो र ४८ वर्षीय देवु ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले निजहरुले अवैध रुपमा भन्सार छलि गरी भारतवाट नेपाल तर्फ २ वटा साईकलमा दुध-६० पोका, गुल-९ पोका, राजनिवास-८५ पोका, तुलसी-८५ पोका, बिँडी-२० पोका, चुरोट-५० पोका र हिङ्ग- २० बट्टा ल्याउदै गरेको अवस्थामा फेला पारी उक्त सामानहरु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।