जनकपुर नगरपालिका-२१ घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका- ८ मा डेरा गरी बस्ने नथलाल साहको छोरा २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गर्ने २ जनालाई बिहिवार साझँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका- ८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय दिपेश यादव रहेका छन् ।
क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद हुँदा लहान नगरपालिका- ७ शिव चोकमा राजु कुमारलाई छुरा प्रहार गरी घाईते बनाएको अभियोगमा पासवान र यादवलाई नालामा फालिएको छुरा सहित ईलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
छुरा प्रहारबाट घाईते भएका राजु कुमारको राउ स्मारक अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।