सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र हनुमानगर कंकालनी नगरपालिकामा आइतबार राती आएको आएको हावाहुरीका कारण दर्जनौं फुस तथा टिनको छाना उडाएको छ ।
हावाहुरीले तिलाठी कोईलाडी गाउँपालिका वडा न.६,७ र ८ मा रूख बिरुवा, बिजुलीको पोल , किसानको कुखुरा फारम, विभिन्न बस्तीका ४५ वटा घरमा क्षति पुरयाएको छ ।त्यससँगै हनुमानगर कंकालनी नगरनगरपालिको विभिन्न ठाँउ तथा तिलाठी कोईलाडी गाउँपालिकाको मंसापुर र सडेपारमा रहेको दुई कुखुरा फर्म गरि ८ लाख बरावरको पुर्ण रूपमा क्षति भएको संचालकले बताए ।
त्यस्तै तिलाठी कोईलाडीमा हावाहुरीका कारण ५० वटा बिजुलीका पोलहरु समेत ढलेको छ भने कुनै मानविय क्षति नभएको गाँउपालिका अध्यक्ष सतिशकुमार सिँहले जानकारी दिए । यता पीडित परिवारका लागी गाउँपालिकाले आबश्यक सहयोगको लागि पहल गरिरहेको उनले बताए ।