महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाई बस्ने सिने राउतको छोरा अन्दाजी वर्ष ३० को सुधिर राउतको बुधवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
पानी तान्ने मोटर बनाउने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पतालमा लगिएकोमा निज राउतको उपचारको क्रममा मृत्यु भएको भन्ने चिकित्सक द्वारा जानकारी भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।