लहान नगरपालिका १२ पडरिया थारु टोल स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने पडरिया चौकमै बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु भएका व्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
प्रहरी निरीक्षक मिलन बस्नेतको अनुसार पूर्व तर्फबाट आउँदै गरेको ना ६ ख ७८६४ नम्बर प्लेट भएको यात्रुभएका बसको ठक्करबाट गम्भिर घाइते भएका छन ।
घाइते भएका ओम मण्डललाई अस्पताल लैजाने क्रममै मृत्यु भएको थियो । बस र चालक झापाको मेची नगरपालिका ११ बस्ने ४२ वर्षीय लक्ष्मीप्रसाद दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।