वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार शान्ति नायक सिद्धार्थ गौतमको २५६३ औँ जयन्ती मनाइँदैछ ।
सिद्धार्थ गौतमको वैशाख शुक्ल पूणर््िामाका दिन जन्म र यसै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्त गरेको दिन परेकाले यो दिन सबै शान्तिकामीले महìवका रूपमा लिने गर्छन् ।
अरूलाई दुःख नदिनु, हिंसा नगर्नु, झुठो नबोल्नु जस्ता बुद्ध वचनको वर्षैभरि आफूबाट परिपालना भयो भएन भनेर यो दिन स्मृति गर्दै जयन्ती मनाउने चलन छ ।
आज सिरहाको लहान स्थित राजदेवी मन्दिरमा बिहानै देखि मेला लागेको छ ।