• २१ फाल्गुन २०७७, शुक्रबार
राजदेवी मन्दिरको सडकखणडको चौडाइ सानो हुँदा भक्तजनहरुलाई सकस
  • स्टुडियाे संवाददाता

 

लहान स्थित राजदेवी मन्दीरको सडक खण्डको चौडाइ सानो सान्धुरो हुँदा भक्तजनहरुलाई सकस भएको छ ।

मनोकामना पुरा भएपछि सो मन्दिरमा बोका, पाठी, परेवा, कुखुरा, हाँस लगायतका पशुपक्षीको बली प्रदान गर्नको लागि राजदेवी मन्दिरको लाहान ग्रामीण चौक बिरनगर सडक खण्ड चौडाइमा सानो हुदा यातायात संचालनमा समस्या देखिएको छ ।

सिरहाको लहान बजारदेखि करिब ७ किलोमिटर उत्तरमा ढोढनाको बानो गाउदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवि मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउने परम्परा रहेकोले सो ठाउमा बली चढाउने भक्तजनहरुको ठुलो भिड लागेको छ ।

तस्बिर : हिरा चौधरी (बिरनगर)। 

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech