भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा मोरङमा बम फेला परेको छ।
मोरङको सुन्दरहरैँचामा प्रेसर कुकर बम फेला परेको छ। सुन्दरहरैचा नगरपालिका-७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।