भोजपुरको भोजपुर नगरपालिका-९ पानी ट्याङकीमा आफ्नै नाबालक छोराको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रामप्रसाद राई गाउँपालिका-८ घर भई पानी ट्याङकी स्थित आरती श्रेष्ठको घरमा डेरा गरि बस्दै आईरहेकी वर्ष २५/२६ की सम्झना थापालाई पक्राउ गरेको हो ।
थापाले २२ महिनाको आफ्नै छोरा सम्बोधन थापालाई धारिलो हतियार खुकुरीले घाँटी काटेर डेरा नजिक फालेको अवस्थामा शव फेला परेको थियो ।
घटना सम्बन्धमा आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरमा खबर पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले निज सम्झना थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ भने घटनास्थलबाट प्रहरीले १ थान खुकुरी र १ थान अचानो समेत बरामद गरेको छ ।