सरकारले हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको विवरण (बजेट) संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड बजेट छुट्याईको छ ।
२८ वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडकले अझै गति लिन सकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजामर्ग निर्माण गर्ने घोषणा गरेका थिए ।
सरकारले हुलाकी राजमार्गमा २७ वटा आधुनिक सहर विकास गर्ने भएको छ । सुरक्षित तथा विकसित आवासका लागि सुविधा सम्पन्न सहर विकास गर्न सरकारले १ अर्ब ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।