कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जंगली हात्ति आक्रमणबाट सप्तरीमा शनिबार राती दस घरमा क्षति गरेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ स्थित कनकपट्टी टोलमा हात्तीले १० वटा घर भत्काई करिब ३ लाख रुपैयाँ बराबरको क्षति गरेको हो ।
इलाका प्रहरी कार्यालय रुपनीको टोली तथा स्थानीयवासीको सहयोगमा आइतबार बिहान हात्ती धपाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उत्तरी भेगमा जंगली हात्तीले धनजन क्षति गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न गस्ती सुरु गरिएको छ । स्थानीय जंगलमा हात्ति बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि गस्ती शुरु गरिएको हो ।
यसैबीच हात्तीको समूह आसपासका जंगल हुँदै रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रहरूमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले शुक्रबार राति ४ राउण्ड हवाई फायर गरी हात्तिलाई धपाएको प्रहरी निरिक्षक गुरु तिमिल्सिनाले बताए ।