बहु बिवाह मुद्दामा ७ बर्ष देखी फरार रहेकी एक जना महिलालाई जेठ १९ गते प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला अदालतको जेठ ४ गतेको फैसाला आदेशले बहु बिवाह मुद्दामा १ बर्ष कैद भएको छ भने ५ हजार जरिवाना लागि हाल सम्म फरार रहेकी साबिक जिल्ला बारा छातपिप्रा गाउँ बिकास समिति हाल जितपुर सिमरा उप महानगरपालिका १० वस्ने अवदेश राय भरको श्रीमति २७ बर्षीया उषा दवी राय भरलाई ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी उषा देवीलाई आईतवार नै बारा जिल्ला अदालतमा पेश गरी निजलाई ठेकिएको कैद सजाय भुक्तानको लागि बीरगंज कारागार कार्यालय, पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।