• १३ कार्तिक २०७७, बिहीबार
कांग्रेसले समानुपातिक सूची सच्यायो, क–कसको नाम सच्चियो ?
  • स्टुडियाे संवाददाता

नेपाली कांग्रेसले प्रदेशसभातर्फको समानुपातिकतककर्फको सूची सच्याएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार कांग्रेसले बुझाएको सूची सच्याएको हो ।

क्रमागत रुपमा नाम नमिलेको, दलित उमेदवारको नाम नै छुटाएको भन्दै निर्वाचन आयोगले तीनदिनअघि बुझाएको सूची सच्याएको हो ।

कांग्रेसले यसअघि प्रदेश नम्बर १ मा पठाएको सीतादेवी पौडेलको नाम झिकेर शान्त पौडेलको नाम थप गरेको छ भने दलिततर्फ टेकचन्द्र विश्वासलाई हटाएर कल्पना कुमारी सरदारलाई पठाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ मा महिला जनजाती कोटामा शोभाकुमारी लामाको नाम थपेको छ भने प्रदेश नम्बर ५ मा सूर्यमती उपाध्यायको नाम झिकेर शान्तिदेवी बर्माको थप गरेको स्रोतले जानकारी दिएको छ ।

  • २० पुष २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech